काठमाडौं– चार महिनापछि सेयर बजारको मापक नेप्से २१०० अंकभन्दा माथि पुगेको छ । आइतबार ६२.२१ बिन्दुले बढ्दा नेप्से २११७.७३ अंकमा पुगेको हो । यसअघि माघ २९ गते नेप्से २११७.८४ अंकमा थियो ।

कारोबार रकम पनि पाँच महिनायता कै उच्च छ । आइतबार झन्डै साढे ६ अर्ब रुपैयाँ मूल्यको सेयर किनबेच भएको छ । यसअघि पुस २६ गते ७ अर्ब ६५ करोड रुपैयाँको कारोबार भएको थियो । बैंक, वित्तीय संस्थामा तरलता बढ्दै गएका बेला सेयर बजारमा सुधार आएको छ ।

आइतबार नेप्सेमा सूचीकृत २७५ कम्पनीको १ करोड ४७ लाख ५१ हजार २४७ कित्ता सेयर किनबेच भएको छ । कारोबार रकम ६ अर्ब ४९ करोड ४ लाख १२ हजार ६६५ रुपैयाँ पुगेको छ । आइतबार १३ वटै उपसूचकमा हरियाली छाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय