काठमाडौं– सरकारले असार १४ गते बिहीबार सार्वजनिक बिदा दिएको छ ।
इस्लाम धर्मावलम्बीहरुको चाड बकर इदको अवसरमा सरकारले सार्वजनिक बिदा घोषणा गरेको हो ।
गृह मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गरी असार १४ गते बिहीबार १ दिन (इद उल अजहा)को सार्वजनिक बिदा जानकारी गराएको हो ।









