काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३५.३७ बिन्दुले ओरालो लागेर २१५०.९९ मा सीमित भएको छ ।
बुधबारको कारोबारमा ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.७६ बिन्दुले ओरालो लागेर ४०२.७५ मा सीमित भएको छ । कारोबार भएका १३ उपसमूहमध्ये एक उपसमूहको मात्रै सेयर मूल्य बढेको छ ।
आजको कारोबारमा विभिन्न कम्पनीका १ करोड ३३ लाख ४२ हजार ९९६ कित्ता सेयर ५ अर्ब ९७ करोड २२ लाख ८६ हजार ४८१ रुपैयाँमा खरिदबिक्री भएका छन् ।
कारोबार रकमका आधारमा हिमालयन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा छ । उक्त कम्पनीको ८३ करोड ७० लाख ३६ हजार ७९१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै, शिवम सिमेन्ट २८ करोड २२ लाख ६७ हजार ५५९, सोल्टी होटल २३ करोड ५६ लाख ३८ हजार ९९९, एसियन लाइफ इन्स्योरेन्स १९ करोड ५० लाख ७२ हजार र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स १७ करोड २७ लाख ७६ हजार २७४ रुपैयाँको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार हिमालयन लाइफ इन्स्योरेन्स बीपीडब्ल्यू लघुवित्त र सिटी होटलको सेयर मूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । त्यस्तै, सामुदायिक लघुवित्त ८.१६ र शुभम् पावर कम्पनीको सेयर मूल्य ८.११ प्रतिशतले बढेको छ ।
साथै इङ्ग्वा हाइड्रोपावर ६.६४, खप्तड लघुवित्त ६.१५, तारागाउँ रिजेन्सी होटल ६.११, मकर जीतमाया सुरी हाइड्रोपावर ५.८६ र ग्लोबल आइएमई लघुवित्तको सेयर मूल्य ५.७१ प्रतिशतले घटेको छ ।









