काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षाफल प्रकाशित गरेको छ ।
बोर्डका अनुसार परीक्षामा ३.६ देखि ४ जिपिए ल्याउनेको संख्या २२ हजार ४७५ छ । यो कुल परीक्षार्थीको २.९ प्रतिशत हो ।
यस वर्षको एसइईमा ४ लाख ८४ हजार ९३९ जना परीक्षार्थी सहभागी भएका थिए ।
त्यस्तै ५५ हजार ६९ ले ३.२ देखि ३.६ जिपिए, ७२ हजार ३६२ ले २.८ देखि ३.२ जिपिए ल्याएको बोर्डको भनाइ छ । २.४ देखि २. ८ जिपिए ल्याउनेको संख्या ८९ हजार ३३१ छ ।
सबैभन्दा धेरै २ देखि २.४ जिपिए ल्याउने विद्यार्थी छन् । उनीहरुको संख्या १ लाख २ हजार २९३ छ ।
एसइईमा १.६ देखि २.० पिपिए ल्याउनेको संख्या ८८ हजार ४४७, १.२० देखि १.६० ल्याउने ३८ हजार ७७० र ०.८० देखि १.२० ल्याउने २ हजार २०० रहेको बोर्डले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।









