काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २८.३८ अंकले उकालो लागेर २ हजार ७७ दशमलव ७६ मा पुगेको छ ।

ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.३५ अंकले उकालो लागेर ३८८.५१ मा पुगेको छ । त्यस्तै कारोबार भएका १३ वटै उपसमूहको सेयर सूचक उकालो लागेको छ । कुल ८३ लाख ५२ हजार ५७६ कित्ता सेयर ३ अर्ब ४ करोड २५ लाख ४३ हजार ९६१ रुपैयाँमा किनबेच भएका छन् ।

कारोबारका आधारमा हिमालयन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा छ । सो कम्पनीको १८ करोड ६० लाख ७२ हजार बराबरको कारोबार भएको छ । शिवम् सिमेन्ट १६ करोड ३६ लाख ५१ हजार १४३, सोल्टी होटल १४ करोड ८४८ हजार ८२६, अरुण काबेली पावर १२ करोड १ लाख ९८ हजार ९३६ र माथिल्लो तामाकोशी १० करोड ६२ लाख ६८ हजार ४४३ रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार, रावा इनर्जी ९.९८, सिटी होटल ९.५१, प्रभु बैंकको ऋणपत्र ८.२२, सनराइज बैंकको ऋणपत्र ८.२१ र सिटिजन म्युचुअल फन्डका लगानीकर्ताले ८ प्रतिशतले कमाएका छन् ।

त्यस्तै, माथिल्लो तामाकोशी ६.६५, बीपीडब्ल्यू लघुवित्त ४.४३, लिबर्टी इनर्जी ३.६०, जोशी हाइड्रोपावर ३.४९ र पिपल्स पावर कम्पनीका लगानीकर्ताले २.९९ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय