काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको बुधबार निधन भएको छ । बुधबार बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा उनको निधन भएको हो ।

नर्भिकले ‘कार्डियक अरेस्ट’का कारण सीताको निधन भएको जानकारी गराएको छ । अस्पतालले जारी गरेको बुलेटिन अनुसार ६९ वर्षीया सीतालाई बिहान ८ बजे कार्डियक अरेस्ट भएको थियो ।

सीता लामो समयदेखि दुर्लभ मानिएको पीएसपी रोगबाट ग्रस्त थिइन् । यसले मानिसको स्नायु प्रणालीमा असर गर्छ । रोगका कारण उनी हिँडडुल गर्न पनि असमर्थ थिइन् ।

दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने तथा २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय