काठमाडौं– सिभिल बैंक लिमिटेडको दसौं वार्षिक साधारणसभा आइतबार भर्चुअल माध्यमबाट सम्पन्न भएको छ ।

उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको चुक्ता पुँजीको आठ प्रतिशतका दरले हुन आउने ६४ करोड दुई लाख ७१ हजार एक सय ७३ रुपैयाँ बराबरको बोनस सेयर तथा कर प्रयोजनको लागि तीन करोड ३६ लाख ९८ हजार चार सय ८२ रुपैयाँ नगद लाभांश वितरण गर्न स्वीकृति दिएको बैंकले जनाएको छ ।

सभाले आव २०७७/०७८ को लेखापरीक्षण गर्न एनबिएसएम एन्ड एसोसिएट्सलाई लेखापरीक्षकमा पुनः नियुक्त गर्नुका बैंकलाई अन्य उपयुक्त बैंक, वित्तीय संस्थासँग मर्जरमा जान, कुनै संस्था प्राप्त गर्न वा स्वदेशी अथवा विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमति र सम्झौता गर्ने लगायत प्रचलित नियम, कानुन अनुसार बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण काम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्र्ने निर्णयसमेत गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ ।

सिभिलले आधुनिक प्रविधियुक्त बैंकिङ सेवा तथा सुविधामा विशेष ध्यान दिँदै ग्राहक सेवालाइ निरन्तर रुपमा चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना बनाएको जनाएको छ ।

यसले ११४ शाखा, ६ एक्सटेन्सन काउन्टर र ८९ एटिएममार्फत पाँच लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ । यसले ७८ अर्बभन्दा बढी निक्षेप परिचालन गरी ७२ अर्बभन्दा बढी कर्जा लगानी गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय