काठमाडौं– सानिमा बैंकले आफ्ना आन्तरिक र बाह्य ग्राहकलाई बैंकिङमा सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्न अवलम्बन गरेको सूचना प्रविधि र सूचना प्रविधिसम्बन्धी सेवाको आइएसओ २७०००१ः२०१३ पाएको छ ।

बैंकले सधैं आफ्ना ग्राहक डेटा र प्रणालीको सुरक्षालाई प्राथमिकता दिँदै आएको छ । यो प्रमाणीकरणलाई बैंकले सूचना सुरक्षा र डेटा संरक्षण सुनिश्चित गर्ने आफ्नो जारी प्रक्रियामा एउटा कोसेढुंगा भनेको छ ।

यो प्रमाणीकरण सँगै सानिमा बैंकका ग्राहकहरूले आफ्नो डटालाई बैंकले अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त मापदण्डअनुसार निरन्तर रूपमा सुरक्षित गरेको थाहा पाएर बैंकप्रतिको विश्वासलाई सुदृढ बनाउँछ।

आईएसओ २७००१ प्रमाणीकरण प्रक्रियामा बैंकको सूचना सुरक्षा व्यवस्थापन प्रणालीको कठोर मूल्याङ्कन समावेश छ । उक्त मूल्यांकन मूल्यांकन एक स्वतन्त्र र युकेएएस मान्यता प्राप्त प्रमाणीकरण निकाय एएमटीआइभीओ समूहद्वारा गरिएको बैंकको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय