काठमाडौं– सानिमा बैंकले ग्राहकलाई आकर्षक छुट दिन दराज महाबचत अभियानमा सहकार्य गरेको छ ।
यो अभियान अवधिभर सानिमा बैंकको डेबिड वा क्रेडिट कार्डबाट भुक्तानी (प्रिपेमेन्ट) गर्दा ग्राहकले दराज प्लेटफर्ममा विभिन्न छुट पाउने बैंकको विज्ञप्तिमा उल्लेख छ ।
बैंकका अनुसार डेबिट कार्ड प्रयोगकर्ताले १० प्रतिशत वा अधिकतम एक हजार रुपैयाँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशत वा अधिकतम १५ सय रुपैयाँसम्म डिस्काउन्ट पाउनेछन् । डिस्काउन्ट दराज एपमा भौचर संकलन गरेर प्राप्त गर्न सकिने पनि बैंकको विज्ञप्तिमा उल्लेख छ ।
यसबाहेक क्रेडिट कार्ड प्रयोगकर्ताले उनीहरुको खरिदलाई मासिक किस्ताबन्दीमा रुपान्तरण गर्न पनि सक्ने विज्ञप्तिमा उल्लेख छ । दिइएका छुटहरु प्राप्त गर्नका लागि कार्डबाहकले आफ्नो कार्डबाट अनलाइन पेमेन्ट गर्न मिल्ने बनाउनुपर्छ । कार्डलाई अनलाइन पेमेन्ट गर्न मिल्ने बनाउने तरिका बैंकको आधिकारिक युट्युब च्यानलबाट सिक्न सकिने पनि विज्ञप्तिमा उल्लेख छ ।
साउन ४ गते सुरु भएको दराज महाबचत योजना ११ दिन चल्ने बताइएको छ । सानिमा बैंकले १३२ कार्यालय र १२२ एटिएमबाट सातै प्रदेशमा सेवा दिइरहेको छ ।









