काठमाडौं– सानिमा बैंक लिमिटेड र स्विसकन्ट्याक्ट/नेपाल एग्रिकल्चर मार्केट डेभपलमेन्ट प्रोग्राम फेज टू बीच कोशी प्रदेशको कृषि क्षेत्रमा प्रभावकारी रुपमा वित्तीय पहुँच पुर्याउने उद्देश्यले सहकार्य पत्रमा हस्ताक्षर भएको छ ।

कोशी प्रदेशअन्तर्गतका कृषि उद्यमीको वित्तीय आवश्यकता पूरा गर्न सहजीकरण, अभिमुखीकरण तथा सचेतना फैलाउने यस सहकार्यको उद्देश्य हुने बताइएको छ । सहकार्य अनुसार कृषि कर्जाको प्रक्रियालाई प्रविधीकरण गर्ने, कृषि कर्जासम्बन्धी प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्ने, ग्राहक अभिमुखीकरण तथा व्यावसायिक साक्षरता कार्यक्रम आयोजना गर्ने र कृषि उद्यमीको आवश्यकतालाई प्रभावकारी रूपमा पूरा गर्न बैंकका कर्मचारीलाई प्रशिक्षण दिने जस्ता कार्य गरिने बताइएको छ ।

सो अवसरमा सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तेजबहादुर चन्दले उक्त सहकार्यले सानिमा बैंकलाई कृषि व्यवसायमा थप सरल वित्त सेवा प्रदान गर्ने पहललाई थप सुदृढ बनाउन सहयोग पुग्ने जानकारी दिए । सानिमा बैंकको १३२ कार्यालय र १२२ एटिएममार्फत देशभर सेवा दिइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय