काठमाडौं– सानिमा बैंकले आफ्ना ग्राहकका लागि अनलाइन बैंक ग्यारेन्टी (जमानत) सेवा सुरु गरेको छ ।
यो सुबिधा अन्तर्गत ग्राहकहरूले बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध अनलाइन पोर्टलमार्फत बैंक ग्यारेन्टीको आवेदन दिन सक्ने बैंकले जानकारी दिएको छ ।
त्यसपछि बैंक ग्यारेन्टी (जमानत) प्रक्रिया पूरा भएको सूचना आवेदकले इमेलमार्फत प्राप्त गर्ने बताइएको छ । उक्त सूचना प्राप्त गरेपछि सम्बन्धितले सक्कल आवेदन सहित बैंकको काउन्टरबाट बैंक ग्यारेन्टी (जमानत) संकलन गर्ने व्यवस्था मिलाइएको छ । आवेदनमा कुनै समस्या भएमा, कारणसहित इमेल मार्फत समयमै सूचना पठाइनेछ ।
यस प्रविधिबाट ग्राहकलाई छिटो, छरिटो र झन्झटरहित सेवा प्रवाह गर्न मद्दत पुग्ने बैंकले विश्वास गरेको छ । सानिमा १३२ कार्यालय र १२३ वटा एटिएममार्फत सेवा दिइरहेको छ ।









