धादिङ– रोराङ गाउँपालिकाका स्थानीयबासीमाझ वित्तीय पहुँच पुर्याउने उद्देश्यले सानिमा बैंक लिमिटेडले २०८० साउन १० गते, बुधबार बेनीघाट रोराङ गाउँपालिका, ताल्तीस्थित हुआसिन सिमेन्ट नारायणी प्रालि उद्योग परिसरमा एटीएम बुथ स्थापना गरेको छ ।

उक्त एटीएम बुथको उद्घाटन बेनीघाट रोराङ गाउँपालिका वडा नं २ का अध्यक्ष हेमराज भुजेल, सो उद्योगका जेनरल मेनेजर सिआङ चाङ हङ र बैंकका प्रमुख संस्थागत निक्षेप श्रीमती रमिला श्रेष्ठ तथा बाग्मति प्रदेश क्लस्टर २ का प्रमुख निरज सिम्खडाले संयुक्त रुपमा गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ ।

समुद्घाटन समारोहलाई सम्बोधन गर्दै वडाअध्यक्ष भुजेल तथा जेनेरल मेनेजर सिआङले उक्त गाउँपालिकामा बैंकिङ सेवा विस्तार गरी वित्तीय पहुँच बढाउन सहयोग गरेकोमा बैंकलाई धन्यवाद ज्ञापन गरे ।

बैंकका प्रमुख संस्थागत निक्षेप श्रीमती रमिला श्रेष्ठले सो क्षेत्रको जनताको वित्तीय आवश्यकतालाई महसुस गरी एटीएम स्थापना गर्न अवसर जुटाइदिने सम्पूर्ण सरोकारवालालाई धन्यवाद ज्ञापन गर्दै उक्त एटीएमको भरपूर उपयोग गर्दै यस क्षेत्रका बासिन्दा लाभान्वित हुने विश्वास व्यक्त गरिन् । आगामी दिनमा वित्तीय पहुँचका अन्य क्षेत्रमा सहकार्य गर्दै जाने पनि उनले बताइन् ।

उक्त कार्यक्रममा उपस्थित सबैलाई सानिमा बैंकका डिजिटल बैंकिङ प्रमुख बिक्रम श्रेष्ठले धन्यवाद ज्ञापन गरेको बताइएको छ ।
सानिमा बैंककोे १३२ वटा कार्यालय र १२३ एटीएमबाट सेवा दिइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय