काठमाडौं– ‘आइएमई पे’ले आन्तरिक हवाई उडानमा फ्ल्यास सेल्सको अफर सार्वजनिक गरेको छ। यस अफरमा सेवाग्राहीले प्रत्येक दिन साँझ ४ बजेदेखि ६ बजेसम्म आन्तरिक उडानका एयरलाइन्सको टिकट काट्दा २०० रुपैयाँ क्यासब्याक पाउने कम्पनीको प्रेस विज्ञप्तिमा उललेख छ । यो अफर साउन ७ देखि साउन २६ सम्म चल्ने बताइएको छ ।
उक्त छुट सेवाग्राहीले आइएमई पेमा भएका सम्पूर्ण आन्तरिक एयरलाइन्सको टिकटमा प्राप्त गर्नेछन् । सो अफर अवधिभित्र एयरलाइन्सको टिकट काट्ने सेवाग्राहीले साबिकमा चलिरहेको क्यासब्याक तथा प्रोमो कोडको प्रयोग गरी पाइने छुटसहित अहिलेको क्यासब्याक पनि पाउन सक्ने बताइएको छ ।









