काठमाडौं– नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडद्वारा प्रवर्द्धित एनआईबीएल म्युचुअल फन्ड अन्र्तगतका योजनाहरुको योजना व्यवस्थापक तथा डिपोजटरी रहेको एनआईएमबी एस क्यापिटल लिमिटेड र गोल्छा ग्रुप अन्तर्गत सञ्चालित कम्पनीहरु हिम इलेक्ट्रोनिक्स प्रालि तथा हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिबीच एनआईबीएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईबीएल सहभागिता फन्डमा कर्पोरेट पेरोल एसआईपी लगानी गर्ने उद्देश्यका साथ एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौताअन्तर्गत हिम इलेक्ट्रोनिक्स प्रालि र हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिका कर्मचारीले आफ्नो इच्छाअनुरुप मासिक रुपमा तलबको केही अंश निरन्तर एनआईबीएल सहभागिता फन्डको व्यवस्थित लगानी योजनामार्फत लगानी गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।

उक्त सम्झौतामा हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिका तर्फबाट कम्पनीका सहायक महाप्रबन्धक–एचआर नीता राणा, हिम इलेक्ट्रोनिक्स् प्रालिका तर्फबाट उप–प्रबन्धक नीलम केसी र एनआईबीएल एस क्यापिटल लिमिटेडको तर्फबाट कम्पनीका नायब महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।

हस्ताक्षर समारोहमा एनर्आइबिएल एस क्यापिटल लिमिटेडका तर्फबाट म्युचुअल फन्ड प्रमुख पोस्कर बस्नेत, हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिका तर्फबाट सहायक महाप्रबन्धक–अकाउन्ट एन्ड फाइनान्स सन्तोषप्रसाद घिमिरे तथा हिम इलेक्ट्रोनिक्स प्रालिका तर्फबाट वित्त नियन्त्रक–अकाउन्ट एन्ड फाइनान्स योगेशचन्द्र पन्तको पनि उपस्थिति रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय