काठमाडौं– सानिमा बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङका माध्यम प्रयोग गरी डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न फुडमाण्डुसँग क्यासब्याक अफरको व्यवस्था गरेको छ ।
उक्त व्यवस्थाअन्तर्गत सानिमा भिसा डेबिट वा क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताले योजना अवधिभर प्रत्येक शनिबार फुडमाण्डुमा डिजिटल भुक्तानी गर्दा क्यासब्याक प्राप्त गर्न सक्ने बताइएको छ ।
सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरुले क्युआर कोड स्क्यान गरी भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम २०० रुपैयाँसम्म, सानिमा भिसा डेबिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशत वा अधिकतम ३०० रुपैयाँसम्म तथा सानिमा भिसा क्रेडिट कार्ड प्रयोगकर्ताले २० प्रतिशत वा अधिकतम ३०० रुपैयाँसम्मको क्यासब्याक पाउन सक्ने बैंकको विज्ञप्तिमा उल्लेख छ । ग्राहकले उक्त भुक्तानी भएको एक हप्ताभित्र क्यासब्याक प्राप्त गर्ने बताइएको छ ।
यो योजना २० साउन २०८० देखि २० माघ २०८० सम्म प्रत्येक शनिबार लागू हुनेछ । बैंकले ग्राहकलाई विभिन्न छुट तथा अफर प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइटमा उपलब्ध रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।
सानिमा बैंकले १३२ कार्यालय र १२३ वटा एटीएममार्फत सेवा दिइरहेको छ ।









