काठमाडौं– समृद्धि फाइनान्स कम्पनी लिमिटेड र होटल ठमेल पार्कबीच शुक्रबार एक सम्झौता भएको छ । समृद्धि फाइनान्सका ग्राहकहरुले उक्त होटलको सेवाको बिल समृद्धि फाइनान्सको मोबाइल बैंकिङ, डेबिट कार्ड वा क्युआर प्रयोग गरी भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्ने समृद्धिको विज्ञप्तिमा उल्लेख छ ।
उक्त होटलको स्पामा २० प्रतिशत, फुड, बेभरेज तथा कोठामा १५ प्रतिशत छुट हुने बताइएको छ । यो सुविधाबाट ग्राहक लाभान्वित हुने कम्पनीको अपेक्षा छ ।
सम्झौतापत्रमा समृद्धिका प्रमुख कार्यकारी अधिकृत टिकानिधि लोहनी र होटल ठमेल पार्कका व्यवस्थापक प्रमुख कृष्णप्रसाद ढकालले हस्ताक्षर गरेका थिए ।
समृद्धि नेपाल राष्ट्र बैंकबाट ग वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको फाइनान्स कम्पनी हो । यसले १३ वटा शाखामार्फत कारोबार गर्दै आएको छ ।









