काठमाडौं– एनआइसी एसिया बैंक लिमिटेडले बजारको माग र बदलिँदो समय अनुसार भन्दै तीनवटा कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले अठोट घर कर्जा, अठोट साना व्यवसाय कर्जा र अठोट सेयर धितो कर्जा योजना सार्वजनिक गरेको जानकारी दिएको छ ।

ग्राहकको आवश्यकतालाई हरसम्भव पूरा गर्ने सोचका साथ बैंकले न्यूनतम २५ लाखदेखि अधिकतम १२ करोडसम्मको अठोट घरकर्जा योजना ल्याएको छ । २५ वर्षसम्मको कर्जा अवधि रहेको यस अठोट घर कर्जा ग्राहकले आकर्षक तथा न्यूनतम ब्याजदरमा उपभोग गर्न सक्ने बैंकको विज्ञप्तिमा उल्लेख छ ।

उक्त योजनाअन्तर्गत ग्राहकले निजी आवासीय घर खरिद गर्न, निजी आवासीय अपार्टमेन्ट खरिद गर्न, निजी आवासीय घर निर्माण गर्न, निजी आवासीय घर मर्मत तथा तला थप्न र निजी आवासीय घर निर्माण गर्न जग्गा खरिद गर्न यो कर्जा सुविधा उपयोग गर्न सक्ने बताइएको छ । अन्य बैंक तथा वित्तीय संस्थामा रहेको व्यक्तिगत आवासीय घरकर्जा एनआइसीको अठोट घर कर्जामा स्वापः गर्न सकिने व्यवस्था समेत बैंकले गरेको छ ।

बैंकले ग्राहकको व्यवसाय सञ्चालन तथा विस्तार गर्नका लागि ल्याएको अठोट साना व्यवसाय कर्जामा न्यूनतम २५ लाखदेखि अधिकतम ५ करोडसम्म कर्जा उपलब्ध हुने बताइएको छ । अधिकतम १५ वर्ष कर्जा अवधि कायम गरिएको उक्त कर्जामा आकर्षक तथा न्यूनतम ब्याजदर कायम गरिएको बैंकको भनाइ छ ।

साना तथा मझौला व्यवसाय तथा कृषि व्यवसायलाई लक्षित गरी ल्याएको उक्त कर्जा अन्तर्गत लगानीकर्ताले सञ्चालित वा नयाँ व्यवसायको अल्पकालीन वा दीर्घकालीन लगानी आवश्यकताका लागि यो कर्जा उपभोग गर्न सक्ने बताइएको छ ।

त्यसैगरी बैंकले ल्याएको न्यूनतम ५० लाखदेखि अधिकतम १२ करोडसम्मको अठोट सेयर धितो कर्जाको हकमा समेत आकर्षक तथा न्यूनतम ब्याजदर लाग्ने बताइएको छ । उक्त कर्जामा १ वर्षको भुक्तानी अवधि (वार्षिक रुपमा नवीकरण गर्न सकिने) रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय