काठमाडौं– तस्करले ब्रेक सुमा लुकाएर ल्याएको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम भएको छ । राजस्व अनुसन्धान विभागले साउन ३ गते त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिर ल्याइसकेपछि पक्राउ गरेको उक्त सुन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले गालेर जोखेको हो ।

महाशाखा प्रमुख थानेश्वर आचार्यका अनुसार ब्रेक सुबाट छुट्ट्याएको सुन गाल्नुअघि ६० किलो ७८९ ग्राम थियो । गाल्दा ७३ ग्राम सुन घटेको छ ।

राजस्व अनुसन्धान विभागलेसुनजडित ब्रेक सुको तौल १५५ किलो थियो । मोटरसाइकल र स्कुटरको ब्रेक सुभित्र लुकाएर उक्त सुन ल्याएको थियो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), राजस्व अनुसन्धान विभाग, नेपाल राष्ट्र बैंक र टक्सार महाशाखाका प्रतिनिधिको रोहबरमा सुन गालेर जोखिएको हो । राजस्व अनुसन्धान विभागले १९ दिनसम्म सुन प्रकरणको अनुसन्धान गरेर थप छानबिनको जिम्मा सीआईबीलाई लगाएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय