महेन्द्रनगर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा सेफ्टी ट्यांकीमा परेर गए राति जंगली हात्तीको मृत्यु भएको छ ।

यहाँको शुक्लाफाँटा नगरपालिका–७ स्थित वातावरण मध्यवर्ती साुमदायिक वन कार्यालय परिसरमा रहेको शौचालयको सेफ्टी ट्यांकीमा परेर एक जंगली हात्तीको मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले जानकारी दिए ।

‘राति १२ बजेपछि जंगली हात्ती सेफ्टी ट्यांकीमा परेर मृत्यु भएको देखिएको छ,’ उनले भने, ‘अहिले प्राविधिकसहितको टोली गएर घटनास्थलमा मुचुल्का संकलन गर्ने काम भइरहेको छ ।’

जंगली हात्ती बथानमा आएको हुनसक्ने उल्लेख गर्दै उनले मृत्यु भएको हात्ती एक्लै छुटेर त्यहाँ आएको हुनसक्ने बताए । ‘यसबारे थप अनुसन्धान भइरहेको छ,’ प्रमुख संरक्षण अधिकृत मेहताले भने, ‘विधि प्रक्रिया पुर्याएर हात्तीको दाहसंस्कार गर्छौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय