काठमाडौं– कर्मचारीलाई उत्कृष्ट गुणस्तर र उच्चतम संख्यामा तालिम उपलब्ध गराएसँगै बैंकिङ फाइनान्स एन्ड इनस्योरेन्स इन्स्टिच्युट अफ नेपाल (बिफिन)ले प्रदान गर्ने एल एन्ड डी एक्सिलेनस अवाडै २०२३ महालक्ष्मी विकास बैंकले पाएको छ ।
बैंकले गोल्ड श्रेणीअन्तर्गतको पुरस्कार प्राप्त गरेको विज्ञप्तिमा उल्लेख छ ।
साउन २९ गते अलफ्ट काठमाडौं होटलमा सम्पन्न लिडर्स फर द नेक्स्ट जेनेरेसनः एक्स्पेक्ट द अनएक्पेक्टेड कन्फरेन्समा बैंकलाई उक्त पुरस्कार प्रदान गरिएको हो । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले महालक्ष्मी विकास बैंक मानव संशाधन विभागका प्रमुख विशालराज कार्कीलाई उक्त पुरस्कार हस्तान्तरण गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ ।
‘सबल बैंक, सफल सहकार्य’ नारा लिएर नेपाली जनताको घरदैलोमा विगत २९ वर्षदेखि अनवरत रुपले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आईरहेको उक्त बैंकले आम ग्राहकको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै अझै थप गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्घता पनि व्यक्त गरेको छ ।









