काठमाडौं– समृद्धि फाइनान्स कम्पनी लिमिटेडले बचत निक्षेप जम्मा गरेको ७१ महिना ५ दिनमा दोब्बर, ११२ महिना २३ दिनमा तीन गुणा, १६५ महिना ६ दिनमा पाँच गुणा र २१३ महिना १३ दिनमा आठ गुणा सम्म बढाउन सक्ने बचत योजना सार्वजनिक गरेको छ ।

रेमिट्यान्स बचत धमाका योजनाअन्तर्गत बचतकर्ताले आफ्नो बचतलाई ६५ महिना २८ दिनमा दोब्बर, ८९ महिना १४ दिनमा तीन गुणा, १३४ महिनामा पाँच गुणा र १६८ महिना २१ दिनमा आठ गुणासम्म फिर्ता पाउने कम्पनीले जानकारी दिएको छ ।

त्यस्तै समृद्धिले बचत र मुद्दती खातामा पनि उच्चतम ब्याजदर दिइरहेको बताएको छ । बचतमा १० प्रतिशतसम्म र मुद्दतीमा १२.५० प्रतिशतसम्म ब्याजदर प्रदान गरिरहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ । संस्थाले निक्षेपकर्तालाई प्रोत्साहन होस् भनेर अधिकतम ब्याजको योजना अघि सारेको बताएको छ ।

नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको यो १३ वटा शाखामार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ । कम्पनीले आरटिजिएस, आइपिएस, कनेक्ट आइपिएस, रेमिट्यान्स, क्लियरिङ लगायतका बैंकिङ र मोबाइल बैंकिङ, डेबिट कार्ड, क्युआर कोड जस्ता डिजिटल सुविधाहरु समेत प्रदान गरिरहेको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय