भैरहवा (रुपन्देही)– नेपाल वायुसेवा निगमले आजदेखि भैरहवाबाट नयाँ दिल्ली र हङकङ उडान सुरु गरेको छ । निगमको पहिलो उडानको जहाज यात्रुबिनै उडेको बताइएको छ ।

भैरहवाबाट काठमाडौं हुँदै दिल्ली र हङकङका लागि निगमको जहाजले उडान भरेको हो । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले नेपाल मलेसियाबाट साताको एकपटक भैरहवा आउने विमानमार्फत काठमाडौं हुँदै दिल्ली र हङकङको उडान सुरु गरिएको हो ।

आजको उडानमा भैरहवा विमानस्थलबाट कुनै पनि यात्रु विमानमा नचढेको पाण्डेले जानकारी दिए । हङकङ जाने यात्रुलाई काठमाडौं हुँदै गन्तव्यमा पुर्याइने तथा दिल्ली जाने यात्रुलाई काठमाडौं विमानस्थलमा कनेक्टिङ फ्लाइटमार्फत गन्तव्यमा पठाइने बताइएको छ ।

महाप्रबन्धक पाण्डेले आजको उडानमा भैरहवा विमानस्थलबाट कुनै पनि यात्रु विमानमा नचढेको जानकारी दिए । उक्त रुटका लागि निगमले भदौ १० गतेदेखि टिकट बुकिङ खुला गरेको थियो ।

नेपाल वायुसेवा निगमले मलेसिया–भैरहवा रुटमा गत जेठ ३० गतेबाट उडान सुरु गरेको थियो । त्यसयता निगमले उक्त रुटमा १२ वटा उडान गरिसकेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २०७९ जेठ २ गतेबाट सञ्चालनमा आएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय