काठमाडौं– त्रिभुवन विमानस्थल भन्सार कार्यालयका १३७ जना कर्मचारीले सामूहिक सरुवा मागेका छन् । उनीहरुले भन्सार विभागका महानिर्देशकलाई पत्र लेखेर सामूहिक सरुवा मागेका हुन् । सरुवा माग्नेमा प्रमुख भन्सार अधिकृतदेखि कार्यालय सहयोगीसम्म छन् ।

उनीहरुले ६० किलो सुन मोटरसाइकलको ब्रेक सुमा लुकाएर ल्याएको प्रकरणमा छानबिन र अनुसन्धानको नाममा आफूहरुमाथि धरपकड भएको भन्दै सरुवा मागेको पत्रमा उल्लेख छ । उनीहरुले उक्त प्रकरणमा विनाकारण कर्मचारीलाई धरपकड गर्ने, पक्राउ गर्ने, थुनामा राखेको दाबी गरेका छन् ।

‘सो घटनामा दोषी जो कोहीलाई कानुन बमोजिम कारबाही गरियोस् भन्ने कुरामा हाम्रो कुनै दुई मत रहेन तर कर्तव्य पालनको सिलसिलामा खटिएका कर्मचारीमाथि अनावशयक रुपमा धरपकड गर्ने, प्रमाणबिना थुनामा राख्ने, संलग्नता भएको यथेष्ट प्रमाण नहुँदा नहुँदै समेत पक्राउ गरी दुःख दिने नियत देखिएको हुँदा कार्यलयमा उपस्थित भई तोकिएको कार्यजिम्मेवारी पूरा गर्न हामी कर्मचारीहरुमा व्यक्तिगत मनोवैज्ञानिक त्रास उत्पन्न भएको छ,’ पत्रमा भनिएको छ, ‘स्वयं हामी तथा हाम्रा घर परिवार कुन मानसिक तनावबाट गुज्रिरहेका छौं त्यो कसैले कल्पना गर्न सक्दैन ।’

भन्सार राजस्व उठाउँदा यात्रु शाखामा यात्रुको दुर्व्यवहार र अपशब्द पनि सहनुपरेको अपत्यारिलो गुनासो पनि उनीहरुले गरेका छन् । विमानस्थल भन्सारका कर्मचारीले सेवाग्राहीमाथि गरेको दुर्व्यवहार गरेको आरोप लागिरहेको बेला उनीहरुले त्यसलाई ओझेलमा पार्न सेवाग्राहीमाथि आरोप लगाए जस्तो देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय