काठमाडौं– नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा प्रहरीको नियन्त्रणमा पुगेका छन् । उनले सामाजिक सञ्जालमार्फत आफूहरुमाथि औंलो ठड्याइएकोले अनुसन्धानमा सघाउन सिआइबी जान लागेको उल्लेख गरेका छन् ।

यता सिआइबीले राहुललाई प्रहरीले बुधबार दिउँसो नियन्त्रणमा लिएको बताएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जफत गरेको इलेक्ट्रिक सिगरेट (भेप) मा लुकाएर सुन तस्करी गर्ने समूहसँग राहुलको साँठगाँठ रहेको आरोप लागेको थियो ।

‘हामीमाथि हिलो छ्याप्ने कोसिस भएकाले स्वयं सिआइबीमा उपस्थित भई अनुसन्धानमा सहजीकरण गर्दैछु । नबिराउनु, नडराउनु,’ उनले लेखेका छन् ।

इलेक्ट्रोनिक भेपमा सुन लुकाएर ल्याउने व्यक्तिहरुसँग कृष्णबहादुर महरा पनि पटकपटक फोनवार्ता गरेकोले उनीमाथि पनि अनुसन्धान हुनुपर्ने आवाज उठिरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय