काठमाडौं– सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १३ हजार रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला १ लाख १२ हजार ६०० मा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ४०० रुपैयाँले महँगिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ४५० रुपैयाँ तोकिएको छ । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ४६५ तोकिएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय