काठमाडौं– जगदम्बा इन्टरप्राइजेज प्रालिले अत्याधुनिक लाड्ले रिफाइनिङ फर्नेस प्रविधिमार्फत नेपालमा पहिलोपटक प्राइम बिलेट उत्पादन गरेको छ । भूकम्प प्रतिरोधी डन्डी बनाउन प्रयोग हुने प्राइम बिलेट नेपालमै पहिलोपटक उत्पादन गरिएको कम्पनीको भनाइ छ ।

भूकम्पले निकै ठूलो प्रभाव पारेको नेपालमा एफई ५००डी गुणस्तरको फलामे डण्डीको माग र प्रयोग बढ्दो क्रममा रहेको कम्पनीको भनाइ छ । एफई ५००डी डण्डी भूकम्प प्रतिरोधात्मक हुन्छ । यस्तो डण्डी केबल प्राइम बिलेटबाट मात्र बन्दछ ।

जगदम्बा इन्टरप्राइजेज प्रालिले जगशक्ति गोल्ड ब्राण्डमा एफई ५००डी डण्डीको उत्पादन एवं बिक्री वितरण गर्दै आएको छ ।

वीरगञ्ज–पथलैया औद्योगिक करिडोरको चोर्नीमा रहेको यो कम्पनीले जिआई पाइप, ब्ल्याक पाइप, ट्युबुलार पोल, हाइमास्ट पोल, फेब्रिकेसन तथा अन्य विभिन्न किसिमका फलामजन्य वस्तुको उत्पादन गर्दै आएको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय