काठमाडौं– नेपाल चेम्बर अफ कमर्स अन्तर्गत गठित नेपाल महिला चेम्बरले तीज पर्वलाई लक्ष्य गरी आयोजना गरेको टे«ड सो तीज स्पेसल २०२३ सुरु भएको छ । नेपाली महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शन तथा विक्री प्रवर्द्धन र महिलामा उद्यमशीलताको विकास गर्ने हेतुले आयोजित मेलाको उद्घाटन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले गरे ।

उद्घाटन मन्तव्यमा अध्यक्ष मल्लले नेपाल महिला चेम्बर महिलाहरुको सर्वांगीण विकासको लागि स्थापना गरिएको र यस मेलाले महिलामा उद्यमशीलता विकास तथा सामाजिक, सांस्कृतिक तथा आर्थिक कृयाकलापमा महिलाको सहभागिता बढाउने अपेक्षा गरे ।

महिलाहरु आर्थिक रुपमा सशक्त भएमात्र मुलुकले आर्थिक समृद्धि हासिल गर्न सक्ने बताउँदै अध्यक्ष मल्लले यस किसिमको रचनात्मक कार्यको लागि नेपाल महिला चेम्बरलाई धन्यवाद ज्ञापन गरे ।

सो अवसरमा लोकप्रिय गायिका रेखा शाह, नारी पत्रिकाका सम्पादक लक्ष्मी भण्डारी लगायत चेम्बरका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवाल, उपाध्यक्ष दीपक मल्होत्रा तथा दीपक श्रेष्ठले मेलाको सफलताको कामना गर्दै शुभकामना मन्तव्य दिएका थिए ।

नेपाल महिला चेम्बरका महासचिव तथा मेला संयोजक लिमा अधिकारीले मेलामा २५ जना महिला उद्यमी सहभागी रहेको र एक दिने उक्त मेलामा सांगीतिक कार्यक्रम, फेसन सो, नृत्य लगायतका कार्यक्रम समावेश भएको जानकारी दिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय