काठमाडौं– स्थानीय बजारमा बुधबार सुनको मूल्य तोलामा ३०० ले घटेको छ । मंगलबार तोलामा नै एक हजार १०० ले बढेको सुनको मूल्य मंगलबार झिनो अंकका साथ ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन तोलामा ८९ हजार ८०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । छापावाला सुन मंगलबार तोलामा ९० हजार १०० मा कारोवार भएको थियो ।

यस्तै, तेजाबी सुन तोलामा ८९ हजार ३५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । तेजाबी सुन मंगलबार तोलामा ८९ हजार ६५० मा कारोवार भएको थियो ।

त्यसैगरी, बुधबार चाँदी तोलामा १५ रुपैयाँले घटेको छ । एक हजार ३६० मा मंगलबार कारोवार भएको चाँदी बुधबार भने एक हजार ३४५ मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय