काठमाडौं– ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका व्यवसायी मीनबहादुर गुरुङसँग काठमाडौं जिल्ला अदालतले २ करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको छ ।

अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासले आइतबार गुरुङलाई धरौटीमा रिहा गर्ने आदेश दिँदै २ करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको हो ।

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले सरकारी कागजात किर्ते आरोपमा मुद्दा चलाएको थियो ।

जिल्ला अदालतले केशव तुलाधरबाहेक सबै १७ आरोपीलाई धरौटीमा छाड्न आदेश दिएको छ । धरौटी रकम भने व्यक्तिपिच्छे फरक फरक छ । तुलाधरलाई भने सामान्य तारेखमा छाड्न आदेश दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय