काठमाडौं– लगातार दुई वर्ष घोषित लाभांश वितरण गर्न नपाएको एनआइसी एसिया बैंकले गत आर्थिक वर्ष २०७९÷८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्न ३०.५२८३ प्रतिशत लाभांश घोषणा गरेको छ ।

बिहीबार सम्पन्न बैंक सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको २९ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनको लागि १.५२६३ प्रतिशत नगद गरी कुल ३०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

तोकिएको पुँजी कोष कायम नगर्दा बैंकले विगत दुई आर्थिक वर्षदेखि लाभांश वितरण गर्न पाएको थिएन । अघिल्ला वर्षहरुमा बैंकले लाभांश घोषणा गरे पनि राष्ट्र बैंकले वितरण गर्न रोकेको थियो । नगद लाभांश वितरण गर्दा बैंकको पुँजीकोषमा दबाब पर्न सक्ने भएकोले उसले बोनस शेयरमा बढी जोड दिएको देखिएको छ ।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय