काठमाडौं– युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई बोनस सेयर र त्यसमा लाग्ने करबापत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

संस्थाले बोनस सेयर र नगद लाभांश गरी हाल कायम चुक्ता पुँजीको कुल २० प्रतिशत प्रतिफल दिने घोषणा गरेको हो । बोनस सेयर कति हुने भन्ने चाहिँ कम्पनीले खुलाएको छैन ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सो लाभांश वितरण हुनेछ । भदौ ३० गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय