काठमाडौं– वैधानिक माध्यमबाट संसारका २०० भन्दा बढी देशबाट नेपालमा रेमिट्यान्स भित्र्याइरहेको दाबी गर्ने रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्स्फरले ‘मेरो डिजिटल देश’ अभियानलाई निरन्तरता दिएको छ ।

स्क्वायर होटल, पुल्चोकमा पत्रकार सम्मेलन गरी कमपनीले यस अभियानअन्तर्गत काठमाडौंमा घर योजना सार्वजनिक गरेको हो ।

यो अभियान असोज १, २०८० मा सुरु भई असार ३१, २०८१ सम्म जारी रहने कम्पनी स्रोतले जनाएको छ । परम्परागत शैलीमा हुँदै आएको रेमिट्यान्स कारोबारलाई डिजिटलतर्फ लैजाने अभिप्रायका साथ यो अभियान सुरु गरिएको कम्पनीको भनाइ छ ।

साथै, यस योजना मार्फत डिजिटल रेमिट्यान्सलाई थप बढावा दिन देशको आर्थिक स्थिति बलियो बनाउन र देशमा विदेशी मुद्राको सञ्चितलाइ थप मजबुत बनाउन १० महिने यो योजना सार्वजनिक गरिएको, कम्पनीले जनाएको छ ।

अभियान अन्तर्गत संसारका जुनै पनि मुलुकमा रहेका नेपालीले नेपालमा इच्छाएको व्यक्तिको इसेवा वालेटमा पैसा पठाई सहभागिता जनाउन सक्ने बताइएको छ । यस अभियानमा ४ परिवारलाई विशेष कोसेली, हरेक महिना १ जनाको पैसा डबल, तथा बम्पर उपहारमा १ जनाले काठमाडौंमा घर प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय