काठमाडौं– सानिमा बैंकले आफ्ना ग्राहकलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न पुरानो बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलमा छुटको व्यवस्था गरेको छ ।

उक्त व्यवस्थाअन्तर्गत सानिमा भिसा डेबिट, क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताले डिजिटल माध्यमबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्ने बैंकको विज्ञप्तिमा उल्लेख छ । सानिमा बैंकका ग्राहकले ओपिडी, आइपिडी तथा बेडसम्बन्धी शुल्कमा १३ प्रतिशत, औषधीको बिलमा ७ प्रतिशत र सर्जरी शुल्कमा ५ प्रतिशत छुट प्राप्त गर्ने बताइएको छ ।

बैंकले यसैगरी ग्राहकलाई विभिन्न छुट तथा अफर प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । सानिमा बैंकले १३२ शाखा र १२३ वटा एटिएममार्फत सेवा दिइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय