काठमाडौं– परीक्षणको रुपमा राइड सेयरिङ सेवा दिइरहेको इनड्राइभ दर्ता प्रक्रियामा गएको छ । एसिया प्यासिफिक (एपीएसी)का लागि इनड्राइभका निर्देशक रोमन एर्मोसिनले काठमाडौंमा नेपाली सञ्चारमाध्यमसँगको अन्तरक्रियामा कम्पनीको वर्तमान अवस्था र आगामी योजनाका बारेमा जानकारी दिने क्रममा दर्ता प्रक्रियामा गइसकेको बताएका हुन् ।

सो अवसरमा इर्मोसिनले इनड्राइभले सरकारी निकायमा दर्ताका लागि आवेदन गरिसकेको र स्वीकृतिको पर्खाइमा रहेको बताए । ‘हामी अनुसन्धान र विकास गतिविधिमार्फत नयाँ बजारहरू परीक्षण गर्ने एक साझा उद्योग अभ्यासलाई पछ्याउँछौं । नेपालमा हामीले कुनै शुल्क वा कमिसन नलिई नागरिकहरूलाई ‘इनड्राइभ’ एप प्रदान गर्दैछौं । यसले हामीलाई आधिकारिक रूपमा हाम्रा सेवा सुरु गर्नुअघि बजार र यसको सम्भावना बुझ्न मद्दत गर्दछ ।’

आफूहरु सम्बन्धित सरकारी निकायहरूसँग सम्पर्कमा रहेको आधिकारिक सुरुवात गर्नुअघि आवश्यक इजाजतपत्र र स्वीकृति प्राप्त गर्न प्रतिबद्ध रहेको उनले बताए । राइड–हेलिङ (एपीएसी) इनड्राइभका निर्देशक रोमन एर्मोसिनले भने ।

‘वर्षौंदेखि विकसित हुँदै, इनड्राइभर (स्वतन्त्र चालकहरू) हाल इन्ड्राइभ (इनर ड्राइभ) को रुपमा शहरी सेवाहरूको लागि मार्केट प्लेसमा परिणत भएको उनले बताए । इनड्राइभ यात्रुहरुद्वारा सञ्चालित कम्पनी हो जसले विश्वमा मानव समानुभूतिलाई प्रतिस्थापन गर्न सक्ने कुनै प्रविधि छैन भन्ने विश्वास गर्छ,’ कम्पनीको विज्ञप्तिमा भनिएको छ, ‘राइड–हेलिङ एपहरू बढी मानिसका लागि हुन् र हुनुपर्छ भनेर इन्ड्राइभले प्रमाणित गर्दै आएको छ। इन्ड्राइभमा रहेको फेयर प्राइसमा यात्रुहरु सहमत हुन सक्दछन् ।’

इनड्राइभ संसारमा दोस्रो सबैभन्दा धेरै डाउनलोड गरिएको मोबिलिटी एप भएको दाबी गरिएको छ । यसले पाँच महादेशका ४८ देशमा ७०० भन्दा बढी सहरहरूमा १० करोडभन्दा धेरै प्रयोगकर्तालाई सेवा दिइरहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय