काठमाडौं– बडा दसैंंको अवसरमा सानिमा बैंकले ग्राहकका लागि दराजसँग दसैं धमाका योजनामा विशेष छुट दिने सहकार्य गरेको छ ।

योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्ने बताइएको छ । ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम १,५०० रुपैयाँसम्म तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम २,००० रुपैयाँसम्म छुट पाउने बैंकको विज्ञप्तिमा उल्लेख छ ।

योजना अवधिभर सहभागी हुने ग्राहकलाई ‘पहिलोलाई प्राथमिकता’ को आधारमा छुट प्रदान गरिने बताइएको छ । छुटका लागि ग्राहकले दराजबाट बैंक भौचर संकलन गर्नुपर्नेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताले मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्ने बताइएको छ ।

यो योजना २०८० असोज १७ देखि ३० गतेसम्म १४ दिनका लागि सञ्चालन गरिएको बैंकको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय