काठमाडौं– नेपालका लागि सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले नाडा अटो सोमा प्रि–बुकिङ गरेका ग्राहकलाई दसैंअघि नै नयाँ गाडी डेलिभर गर्न सुरु गरेको जानकारी दिएको छ ।

भदौ अन्तिम साता सम्पन्न नाडा अटो सोमा धेरै ग्राहकले सिट्रोनको नयाँ विद्युुतीय गाडी सिट्रोन ई सी थ्री र पेट्रोल गाडी सिट्रोन सी थ्री बुकिङ गरेका थिए । सिट्रोन ई सी थ्री भारतमा बनेको कम्प्याक्ट एसयुभी सेग्मेन्टमा सबैभन्दा आकर्षक मूल्यमा उपलब्ध इभी भएको कम्पनीको दाबी छ । आफ्ना ग्राहकहरुको उत्साहजनक प्रतिक्रियाको लागि कृतज्ञता व्यक्त गर्न सिट्रोनले दशैं अगावै गाडीहरुको डेलिभरी प्रक्रिया सुरु गरेको हो ।

सांग्रिला मोटर्स प्रालिका म्यानेजिङ डाइरेक्टर हेमन्त गोल्छाले भने, ‘नाडा अटो सोमा हाम्रा ग्राहकहरुले देखाएको माया र साथप्रति हामी आभारी छौं । जति पनि गाडी नाडा अटो सोमा बुक भएका थिए तिनीहरु सबै दसैंअगाडि नै उहाँहरुको हातमा पुर्याइसक्ने उद्देश्यले हामीले यी गाडीहरुको डेलिभरी पनि सुरु गरिसकेका छौं । आशा छ हाम्रा ग्राहकले यो वर्षको दसैं तिहार सिट्रोनको नयाँ गाडीसँग रमाइलो तरिकाले मनाउनु हुनेछ ।’

सिट्रोन आफ्ना ग्राहकको नवीनतम आवश्यकताहरू पूरा गर्न इनोभेटिभ र स्टाइलिस गाडीहरू बजारमा ल्याउन प्रतिबद्ध छ । सांग्रिला मोटर्स प्रालिले पोखरा र चितवन लगायत थापाथली, बिर्तामोड, इटहरी, विराटनगर, बुटवल, नेपालगन्ज, दाङ र धनगढीमा पनि आफ्ना नयाँ सोरुमहरु विस्तार गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय