काठमाडौं– नेपालमा हाल भारतको पश्चिम बंगाल र झारखण्ड आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ । त्यही कारणले बदली र वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहिरहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय