काठमाडौं– गरिमा विकास बैंकले ग्राहकका लागि आज किन्नुहोस् र पछि तिर्नुहोस् सिद्धान्तमा आधारित रहने क्रेडिट कार्डलाई थप ग्राहकमैत्री बनाउने उद्देश्यले क्रेडिट कार्डमा इएमआई (किस्ताबन्दी) सेवा सुरु गरेको छ । यस्तो सेवा विकास बैंकले पहिलोपटक सुरु गरेको गरिमाको विज्ञप्तिमा उल्लेख छ ।

यस अन्तर्गत बैंकले सम्झौता गरेको विक्रेतासँग सामान खरिद गरी गरिमा विकास बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा सबै खरिद रकम एकैपटक नभई शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ताको रुपमा तिर्न सकिने बताइएको छ ।

ग्राहक आफैंले पनि अरु कतैबाट सामान खरिद गरी गरिमा विकास बैंकमा भ्याट बिल पेस गरी यो सुविधा लिन चाहेमा पनि सजिलै लिन सकिने बताइएको छ । आउँदै गरेको बडा दसैं तथा तिहारमा सामान खरिद गर्न मन हुने तर तुरुन्तै सबै रकम भुक्तानी गर्न असहज हुने ग्राहकले योे सुविधामार्फत लाभ लिने बैंकको अपेक्षा छ ।

बैंकले यसबाट सबै नेपालीको पहुँचमा क्रेडिट कार्ड पहुँच पुग्ने र यसले देशको आर्थिक प्रणाली चलायमान बनाउन योगदान गर्ने अपेक्षा राखेको छ । गरिमा विकास बैंकले देशभर १२२ शाखा कार्यालय तथा ५० एटिएम एवं विभिन्न डिजिटल बैंकिङमार्फत सेवा दिइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय