काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ । आज परिसूचक १२.५८ बिन्दुले घटेर १९०८.६६ बिन्दुमा कायम भएको हो ।
आज २८७ कम्पनीको ४३ लाख २७ हजार १७९ कित्ता सेयर ४८ हजार ४४४ पटक खरिदविक्री हुँदा १ अर्ब १७ करोड १ लाख ७२ हजार ७२२ बराबरको कारोबार भएको छ । आजको कारोबारपछि कुल बजार पुँजीकरण २९ खर्ब ११ अर्ब २५ करोड १५ लाख ३० हजार ५०१ रुपैयाँ कायम भएको छ ।
उत्पादन तथा प्रशोधन समूहको उपसूचक ०.९६ प्रतिशत र व्यापार समूह ०.४९ प्रतिशत बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक एक प्रतिशतले घटेको छ ।
आजको कारोबारमा सयपत्री हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सबैभन्दा धेरै ६.८८ प्रतिशतको वृद्धि देखिएको छ ।
सबैभन्दा धेरै घट्नेमा भने बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै, हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ९.९९ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नबिल बैंक लिमिटेडको ३ करोड ५१ लाख ४५ हजार ३६९ बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर संख्याका आधारमा भने सानिमा इक्विटी फन्डको १ लाख ६९ हजार १९१ कित्ता सेयर किनबेच भएको छ ।









