काठमाडौं– टेक स्टुडियो प्रालिले एक्यूफिट स्मार्टवाचको हरेक खरिदमा निःशुल्क मोबाइल फोन पाउनुहोस् ट्याग लाइनसाथ आगामी तिहारको लागि विशेष योजना घोषणा गरेको छ।

यस योजनाले छानिएका प्रत्येक मोडेल एक्यूफिट स्मार्टवाचको खरिदमा निस्शुल्क मोबाइल फोन प्रदान गर्दछ। छानिएका मोडलहरूमा एक्यूफिट डब्लु१६, एक्यूफिट डब्लु १८ (म्याक्स जीटी) र एक्यूफिट डब्लु २० (कस्मिक प्लस) समावेश छन्, जसको प्रस्ताव मूल्य क्रमशः ३,९९९, ४,९९९ र ६,९९९ रुपैयाा तोकिएको कम्पनीको भनाइ छ ।

एक्यूफिट डब्लु १६ को खरिदमा, केजीटेल १०५ मोबाइल फोन निःशुल्क प्रस्ताव गरिएको छ। एक्यूफिट डब्लु १८ (म्याक्स जीटी) को खरिदमा केजीटेल १०६ मोबाइल फोन निस्शुल्क र केजीटेल २४३ मोबाइल फोन एक्यूफिट डब्लु २० (कस्मिक प्लस)को खरिदमा निःशुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ।

केजीटीईएल १०५, १०६ र २४३ मोबाइलको बजार मूल्य क्रमशः १५००, १,८०० र २,००० रुपैयाँ तोकिएको छ। यो अफर नोभेम्बर १ तारिख अर्थात कात्तिक १५ गतेदेखि नोभेम्बर १० तारिख अर्थात कात्तिक २४ गतेसम्म मात्र मान्य हुने बताइएको छ।

टेक स्टुडियो प्रालि स्मार्ट घडी, स्मार्ट अडियो, होम थियेटर प्रणाली, व्यक्तिगत अडियो प्रणाली, सामान र जीवनशैली उत्पादनहरू आयात गर्ने प्रख्यात प्राविधिक कम्पनी हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय