काठमाडौं– चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एनआइसी एशिया बैंकको नाफा घटेको र खराब कर्जा बढेको उसको ताजा वित्तीय विवरणले देखाएको छ ।

अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ७५ करोड ६७ लाख ७९ हजार रुपैयाँ नाफा आर्जन गरेको एनआइसीले चालु आर्थिक वर्षको सोही अवधिमा १ अर्ब १ करोड ३ लाख ८३ हजार रुपैयाँमात्र कमाएको छ । पोहोरको तुलनामा बैंकको नाफा ४२.४९ प्रतिशतले घटेको हो ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी १७.५५ प्रतिशतले घटेर २ अर्ब ७४ करोड ६६ लाख ३४ हजार रुपैयाँमा सीमित भएको छ ।

१४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १६ अर्ब २१ करोड ९ लाख ६७ हजार रुपैयाँ छ । गत असोज मसान्तसम्म ३ खर्ब ६३ अर्ब ६४ करोड २४ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले २ खर्ब ९४ अर्ब ९ करोड ६७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको खराब कर्जा अघिल्लो वर्षको ०.५९ प्रतिशतबाट बढेर अहिले १.३७ प्रतिशत पुगेको छ । प्रतिसेयर आम्दानी २६ रुपैयाँ ५८ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ २०२ रुपैयाँ ५ पैसा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय