रुकुम पश्चिम– शुक्रवार रातिको भूकम्पजन्य विपत्तिमा रुकुम पश्चिममा ज्यान गुमाउने ३५ मध्ये २८ जनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईका अनुसार मृत्यु हुनेमा जिल्लाको आठविसकोट नगरपालिकाका १८ र सानी भेरी गाउँपालिकाका १० जना छन् ।
आठविसकोट नगरपालिका वडा नम्बर ११ मा ३५ वर्षकी शिला कामी, १३ वर्षकी सिर्जना कामी, ९ वर्षकी रिया कामी, ६ वर्षकी दिया कामी, ४ वर्षकी आशा कामी र १८ महिनाकी एलिसा कामीको ज्यान गएको छ ।
सोही नगरपालिका वडा नम्बर १२ सानीबार्खुमा १४ वर्षका रमेश पुन र १३ वर्षका डिलबहादुर केसीको ज्यान गएको छ । वडा नम्बर १४ वर्ष नखुलेका वासु बुढा, वर्ष ३० की अमृता जैसी, वर्ष ५ की भावना जैसी, वर्ष २ का दिपेन जैसी, वर्ष १२ की सरिता विक, वर्ष १३ का मदन गौतम र वर्ष ८३ का करे नेपालीको मृत्यु भएको छ ।
त्यसै गरी पूर्वी रुकुम घर भई आठविसकोट नगरपालिका वडा नं १४ मा कोठा भाडामा बस्ने गाडी चालक वर्ष ३० को किस्मत पुन मगर, जिल्ला बर्दिया घर भई कामको सिलसिलामा आएका वर्ष ४७ को खड्का विक र वर्ष ३६ को अनिल विकको पनि मृत्यु भएको छ ।
त्यस्तै सानी भेरी गाउँपालिका वडा नम्बर १ चाइना बगर बस्ने वर्ष ३१ को धनवीर पुन, वर्ष २८ को चुम्निमा पुन, वर्ष ८ को यमराज पुन, वर्ष २ की सितम पुन, वडा नं २ परियार टोल बस्ने वर्ष १२ की मनीषा परियार, वडा नं ४ बस्ने वर्ष २५ की सन्तदा दमाइ, वर्ष ६ को कृष्ण परियार, वर्ष ८ को निर्जल चन्द, १० महिनाको शिशु रेजन ओली (रेगन) र वडा नम्बर १ की ६० वर्षीया सरस्वती बिकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
शुक्रवार राती ११ः४७ मिनेटमा जाजरकोटको रामिडाँडालाई केन्द्रबिन्दु बनाएर ६.४ रेक्टरस्केलको भूकम्प गएको थियो









