विराटनगर– नेकपा (एमाले) कोशी प्रदेश सरकारबाट अलग्गिएको छ । पार्टीबाट मन्त्री बनेका रामबहादुर राना मगरले शनिबार मुख्यमन्त्री केदार कार्कीलाई राजीनामा बुझाएका हुन् ।

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले एमालेको सहमति बेगर शुक्रबार केन्द्रीय गठनबन्धनका दलहरू नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बाट १–१ जना मन्त्री नियुक्त गरेका थिए ।

आफ्नो पार्टीको सहमति विपरीत सरकार विस्तार गरेको भन्दै एमालेले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाएपछि राना मगरले राजीनामा दिएका हुन् । रानालाई गत असोज २७ गते जिम्मेवारी नतोकी मन्त्री नियुक्त गरिएको थियो ।

एमालेको समर्थनकै कारण मुख्यमन्त्री नियुक्त भएका कार्कीले विश्वासघात गरेको ठानेर एमालले आफ्नो पार्टीबाट मन्त्री बनाइएका राना मगरलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको ठानिएको छ ।

विश्वासको मत पाइसकेपछि कार्कीले एमालेलाई धोका दिने अनुमानबीच उनले एमालेलाई बेवास्ता गर्दै मन्त्रिमण्डल विस्तार गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय