
काठमाडौं– ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको अन्त्यसम्मको वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
आइतबार बिहान सम्पन्न बैंक सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव आगामी वार्षिक साधारणसभामा लैजाने निर्णय गरेको हो । उक्त लाभांशमा १ प्रतिशत बोनस सेयर र ९ प्रतिशत नगद हुने बैंकको भनाइ छ ।
नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको खण्डमा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयर धनीले प्रस्तावित लाभांश पाउनेछन् ।