
काठमाडौं– एनआइसी एशिया बैंक लिमिटेडले जाजरकोट भूकम्पबाट प्रभावितको उद्धार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा ५१ लाख रुपैयाँ नगद सहयोग गर्ने घोषणा गरेको छ ।
कात्तिक १७ गते राति कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्र विन्दु भई गएको विनाशकारी भूकम्पले जाजरकोट, रुकुमपश्चिम लगायत वरपरका जिल्लामा भएको ठूलो जनधनको क्षतिमा राहत प्रदान गर्न उक्त रकम उपलब्ध गराउने घोषणा गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ ।
विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै बैंकले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।