
काठमाडौं– नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षसम्मको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
कम्पनीको कात्तिक २० गते सोमबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजीको ४.२१०५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिने बैंकले जानकारी गराएको छ ।