रसुवा– उत्तरी रसुवामा छोराले गए राति कुटपिट गरी बुबाको हत्या गरेका छन् ।

जिल्ला प्रहरी प्रमुख सुवास बुडाथोकीका अनुसार गोसाइँकुण्ड गाउँपालिका–५, सानुभार्खुका अन्दाजी ४० वर्षे गोपाल तामाङले ६५ वर्षे बुबा छेवाङ तामाङलाई लाठोले टाउकोमा हिर्काई हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको हो ।

गोपालले मादक पदार्थ सेवन गरेका कारण बुबालाई कुटपिट गरेको र बृद्धको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

परीक्षणका लागि शव रसुवा अस्पताल पुर्याइएको र छोरालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय