काठमाडौं– एनआईसी एसिया बैंकले आफ्ना सबै प्रकारका कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत कायम गरेको जानकारी दिएको छ ।

यसअघि ३ प्रतिशतभन्दा बढी प्रिमियम भएका ग्राहक कर्जामा पनि ३ प्रतिशत प्रिमियम कायम गरिएको बैंकले विज्ञप्तिमार्फत जानकारी दिएको छ । यसअनुसार बैंकको मंसिर महिनाको औसत आधार दर १०.७ प्रतिशत रहेकोमा त्यसमा ३ प्रतिशत प्रिमियम थप गरी कर्जाको अधिकतम ब्याजदर १३.७ प्रतिशत कायम गरिएको बैंकको भनाइ छ ।

बैंकले ल्याएको यो नयाँ प्रिमियम दर फोन लोन र क्रेडिट कार्डबाहेक बैंकबाट प्रवाह भएका अन्य कर्जामा लागू हुनेछ । बैंकका अनुसार घर कर्जा, व्यवसाय कर्जा, सवारी कर्जा, सेयर कर्जा लगायत सम्पूर्ण कर्जाहरूमा यही दरमा प्रिमियम जोडेर ब्याजदर निर्धारण हुनेछ ।

आर्थिक गतिविधिमा संकुचन आएको समयमा ग्राहकलाई परेको आर्थिक भार कम गर्ने हेतुले बैंकले सहुलियत दिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय