काठमाडौं– नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेडको सेयर १ लाख १४ हजार १२५ आवेदकलाई बाँडफाँट भएको छ ।

निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा बुधबार विहान कम्पनीको सेयर बाँडफाँट भएको हो ।

कम्पनीले मंसिर १० गतेदेखि १३ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ११ लाख ४१ हजार २५० कित्ता सेयर निष्कासन गरेको थियो । सो सेयरमा १२ लाख ७६ हजार ५५८ आवेदन परेकोमा ११ लाख ९१ हजार ९८८ आवेदन स्वीकृत भएको निष्कासन तथा बिक्री प्रबन्धकले जानकारी दिएको छ ।

मागभन्दा बढी आवेदन परेका कारण धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट सेयर बाँडफाँट गरिएको छ । जसअनुसार १ लाख १४ हजार १२५ आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय