काठमाडौं– जीवन बिमा कम्पनी रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले सेयरधनीलाई लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरु बोनस सेयर र सोमा लाग्ने करका लागि नगद लाभांश दिने भएको हो ।

पुस २४ गते बसेको कम्पनी सञ्चालक समिति बैठकले १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल बिमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय